Friday, May 22News That Matters

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पूर्णपुष्टि, साउन ३१

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हिजो बेलुकी पर्साको वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महा–नगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय जनाको मृत्यु भएको छ ।