Sunday, June 28News That Matters

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, असोज ३०

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिरामीको समस्याअनुसार उपचार गरिए पनि बिस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।