
पूर्णपुष्टि, भदौ २
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा थप एक जना मृत्यु भएको छ ।
नवलपरासीका ३७ वर्षका पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गत शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।
उनलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
