
पूर्णपुष्टि, असोज १९
कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका–१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो ।
आज आएको उनको पीसीआर रिपोर्टमा पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।

