Thursday, August 6News That Matters

कोरोना संक्रमित थप १ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ २३ गते । 

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । क्वरेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि बुधबार घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वार्षिय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक गत जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेको थियो । मृतक पुरुषलाई एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उनीसहित ५ जना छुट्टै बस्दै आएको थियो ।

मृतक पुरुषको वीरेन्द्रनगरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी भइरहेको जनाईएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।