Tuesday, April 21News That Matters

कोरोना संक्रमित लागुऔषाधका अभियुक्त तामाङ् आईसोलेसनबाटै फरार

पूणर्पुष्टि, असोज ३

कोरोना संक्रमित लागुऔषाध सम्बन्धि प्रतिवादी अभियुक्त रमेश तामाङ् आईसोलेसनबाटै फरार भएका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट उनि फरार भएका हुन् ।

शुक्रबार बिहान पौने २ आइसोलेसन कक्षबाटै फरार भएपछि उनको खोजी थालिएको ब्युरोका एसएसपी दिलिपकुमार चौधरीले बताए । उनीसहित अन्य संक्रमित थुनुवालाई वसुन्धारास्थित एक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

प्रहरीका अनुसार संक्रमितको सुरक्षा जिम्मेवारी निलम्बित प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई दिइएको थियो ।

शाही लागूऔषध सम्बन्धी घटनामा पक्राउ परेयता निलम्बित थिए । तर, संक्रमण देखिएसँगै अन्य प्रहरी सुरक्षार्थ खटिन डराएपछि शाहीलाई जिम्मेवारी दिइएको स्रोत बताउँछ ।