Tuesday, April 21News That Matters

कोरोना संक्रमित ११ बर्षिय बालिकालाई रोगप्रतिरोधात्मक क्षमताको आयुर्वेदि औषधी

पूर्णपुष्टि , भदौ ३१

होम आइसोलेसनमा रहेकी त्रियुगा नगरपालिका १० की ११ बर्षिय कोरोना संक्रमित बालिकालाई सगरमाथा अञ्चल आयुर्वेद औषधालयले रोगप्रतिरोधात्मक क्षमताको आयुर्वेद औषधी प्रदान गरेको छ ।
गत साउन ३१ गते पहिलो चोटि लिएको स्वाव संकलनमा बालिकाको भदौ ४ गते पोजेटिभ रिपोट आएको थियो । रोग संग लड्न साथदिने आयुर्वेद औषधी पहिले पनि कार्यलयले थुप्रै संक्रमितहरुलाई वितरण गरिसेको छ ।

बिषेशगरी कोरोना एक घातक रोगको रुपमा अहिले विश्वभरीनै फैलिरहेको अवस्थामा आयुर्वेद पनि एक भरसिलो औषधीको रुपमा उपचारको पद्धति रहेको भन्दै बालिकालाई पनि औषधी प्रदान गरिएको कार्यलयका प्रमुख डा. सन्जिव कुमार यादवले बताउनुभयो ।

बालिकाको पछिल्लो पटक गरिएको स्वाव संकलनमा पनि २५ गते पूनः रिपोर्ट पोजेटिभ नै आएको थियो ।

बालिकालाई रोग संग लड्न सक्ने क्वाथ, चमनपरास लगाएतको आयुर्वेद औषधिहरु कार्यलयले प्रदान गरेको यादवले बताउनुभयो । क्वाथ भित्र गुर्जो, सुन्थो, मरिच, चुन र पिप्लाको समिस्रन हुन्छ भने यसलाई नै क्वाथ बनाएर बिहान वेलुका सेवन गरेमा अति उपयुक्त र रोगबाट सहजै बच्न सकिने डा. यादवले बताउनुभयो ।

यसलाई बनाउने विधि २ गिलास पानीमा गुर्जो २ इन्चको टुक्रालाई कुच्चाएर सुन्थो, मरिच, पिप्ला आदि चम्चा मिलाएर पकाउने र आदि पानि तातेपछि विहान बेलुका खाली पेटमा पिउँदा रोग संग लड्न अतिनै सहज हुने यादवले बताउनुभयो । बालिकालाई चमनपराश, अश्वागन्धा, एसटी मधु, पनि उपलब्ध गराईको छ ।

कार्यलयले जिल्लाभरीको अन्य संक्रमितहरुलाई पनि रोगप्रतिरोधात्मक क्षमताको बिभिन्न आयुर्वेद औषधीहरु वितरण कार्य सुरु गरेको यादवले बताउनुभयो ।