
पूर्णपुष्टि, बैशाख २५ गते ।
कोरोना भाइरस (कोभिड–१९)बाट विश्वमा अहिलेसम्म ३८ लाख भन्दा बढी संक्रमित भएका छन् । दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा संक्रमित हुनेको सख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको हो ।
संक्रमित मध्ये अहिलसम्म दुई लाख ६४ हजार आठ सय जनाको मृत्यु भईसकेको छ । त्यस्तै संक्रमितमध्ये १२ लाख ९९ हजार पाँच सय तीन जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये ७४ हजार सात सयभन्दा बढीको मृत्यु भएकोे छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
स्पनेमा दुई लाख ५३ हजार ६ सय भन्दा बढी, ईटालीमा दुई लाख १४ हजार चार सय भन्दा बढी, बेलायतमा दुई लाख एक हजार भन्दा बढी, फ्रान्समा एक लाख ७४ हजार एक सय भन्दा बढी, भारतमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
