
पूर्णपुष्टि, बैशाख १४ गते ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थप एक जना पुष्टि भएको छ । झापाका ५० वर्षीय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनाईएको छ । यससँगै अहलिे नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको हो ।
त्यस्तै कोरोना संक्रमित उपचारपछि १६ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।
