Tuesday, June 23News That Matters

कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

पूर्णपुष्टि, बैशाख १३ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । दई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २८ लाख २६ हजार छ सय ७४ जनामा कोरोना पुष्टि भएको हो ।

उक्त संख्यामा मध्ये सात लाख ८१ हजार दुई सय ५४ जना निको भएका छन् भने १८ लाख ४८ हजारभन्दा बढीको उपचार भईरहेको छ । त्यस्तै एक लाख ९६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख तीन हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने छ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा बढी अमेरीकामा मृत्यु भएको जनाईएको छ ।

अमेरिकामा मात्रै नौ लाख २३ हजार छ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार ९२ जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ ।

इटालीमा साढे २५ हजारभन्दा बढी, स्पेनमा साढे २२ हजारभन्दा बढी, फ्रान्समा २२ हजारभन्दा बढी र बेलायतमा साढे १९ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । त्यसैगरी भारतमा २४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने सात हजार पाँच सय भन्दा बढीको मृत्यु भईसकेको छ ।