
पूर्णपुष्टि, भदौ १४
सरकारले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई फेरि एक पटक मात्र पीसीआर परीक्षण गर्ने भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएको १० दिनपछि पीसीआर परीक्षण गर्ने र त्यो परीक्षणमा कोरोना नेगेटिभ देखिएमा घर पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यदि १० औँ दिनको परीक्षणमा पोजेटिभ र कुनै लक्षण नदेखिएमा त्यसको चार दिनपछि परीक्षण नगरिकन नै घर पठाइने जनाईएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै यस्तो प्रक्रियाबाट बिरामी डिस्चार्ज गर्न लागिएको जनाईएको छ ।
