
पूर्णपुष्टि, कार्तिक ४
कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–१० का ६७ वर्षीय पुरुषको मृत्यु भएको कलेजले जनाएको छ ।
निमोनियाका कारण असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको कलेजले जनाएको छ ।
आजै चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका–७ का कोरोना संक्रमित ५० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।
