
पूर्णपुष्टि, साउन २७
धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत पुरुषको गतराति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड–१९ अस्पतालले जनाएको छ । उनी क्षयरोगले पनि सिकिस्त थिए ।
मृतकको ‘ट्राभल हिस्ट्री’ नभएको जनाईएको छ । धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुन सक्ने अनुमान गरिएको प्रशासनले जनाएको छ ।
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाईएको छ ।
