
पूर्णपुष्टि, जेठ २२ गते ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ६ हजार ७५ जनाको मृत्यु भएको । भारतको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट २ सय ६० जनाको मृत्यु भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ९ हजार ३ सय ४ नयाँ संक्रमित थपिएसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या पनि २ लाख १६ हजार ९ सय १९ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७४ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ भने २ हजार ५ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा २५ हजारभन्दा बढीमा संक्रमित मध्ये २ सय८ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा २३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ सय ६ जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ हजार १ सय २२ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ६ हजारभन्दा बढी संक्रमित भएको छ भने ३ सय ४५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा ८ हजारभन्दा बढीमा संक्रमण देखिँदा २ सय २९ जनाको मृत्यु भएको छ । बिहारमा ४ हजार १ सयभन्दा बढी संक्रमित छन् भने २५ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमित मध्ये १ लाख ४ हजार १ सय ७ जना उपचारपछि निको भएका छन् ।
