Wednesday, June 10News That Matters

कोरोनाले उदयपुरे एक युवाको मृत्यु

पूर्णपुष्टि,पुष २१ 

कोरोनाबाट उदयपुरका एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का १८ वर्षीय युवकको कोरोनाबाट आज मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त कोरोना संक्रमित युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।

उक्त पुरुषमा कुनै पनि दीर्घ रोग नभएको अस्पतालले जनाएको छ । ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।