
पूर्णपुष्टि,पुष २१
उदयपुरको बेलका नगपालिकाद्वारा कोसी मावि विद्यालयका छात्रालाई निःशूल्क साईकल बितरण गरेको छ । विद्यालय आउदाजादा छात्राहरुलाई सजिलो पार्ने उदेश्यले साईकल वितरण गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहले विद्यालयका ४५ जना छात्रालाई नगरपालिकाको सहयोगमा साईकल बितरण गरिएको बताउनुभयो ।
सोमबार आयोजित एक कार्यक्रममा नगरप्रमुख दुर्गाकुमार थापा, उपप्रमुख राजकुमारी चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले छात्राहरुलाई साईकल बितरण गरेको हो ।
टाढाटाढाका छात्राहरुलाई पढ्न आउन र घर फर्कन सहज पार्ने उदेश्यले नगरपालिकाको आर्थिक सहयोगमा साईकल बितरण गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।

