
पूर्णपुष्टि, जेठ १४ गते ।
बर्दियाको गुलरिया नगरपालिकाको क्वरेन्टीनमा बसेको एक जनाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिकाको बबई क्याम्पसको क्वरेन्टीनमा बसेका ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । उनको मृत्यु हृदयाघातका कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाईएको छ ।
अहिले मृतकको स्वाब परीक्षण गर्ने तयारी भैरहेको जाईएको छ । उनी दुई दिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ ।
