
पूर्णपुष्टि, असार २५
सिन्धुपाल्चोकमा खहरे खोलाको बाढीले बगाउँदा २२ जना वेपत्ता भएका छन् । बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका हुन् ।
स्थानीय खहरे खोलामा आएको बाढीले करिब २ दर्जन घर बगाउँदा २ जनाको शव भेटिएको छ भने २ जना घाइते भएका छन् ।
बाह्रबिसे नगरपालिका–३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यहाँ २ जनाको शव फेला परेको छ । २०÷२२ वटा घरमध्ये ३÷४ वटाबाहेक अरु पहिरोले बगाएको छ । बाढीले पक्की पुलसमेत बगाएको छ ।
जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । यस्तै भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् ।
बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा २ वटा घर बगाएको प्रहरीले जनाएको छ । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका ४ जना बेपत्ता भएको जनाएको छ ।
घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
