
पूणर्पुष्टि, जेष्ठ, २१
लकडाउन लाई निरन्तर दिदै मानविय जिवनलाई सहज बनाउन सरकारले लकडाउनको स्वरुप फेर्दै आएको छ । सो अनुसार उदयपुरमा पनि जिल्ला प्रशासन कार्यलय उदयपुरले मासु, खाद्यन्न र दुध जन्य पदार्थलाई समय तालिकामा संञ्चालन गर्न अनुरोध गरेको छ ।
संक्रमण फैलिरहेको अवस्थामा लकडाउन खोल्नु नहुने प्रतिक्रिया दिँदै सरकारले यसलाई पुणर्ता दिइएको हो । सरकारले उच्च जोखिम क्षेत्रहरुलाई कडाइको यथावत राख्ने र सामान्य क्षेत्रहरुलाई भने खुकुलो बनाउँदै जाने समेत प्रतिकृया दिएका थिए ।
यता लकडाउनका कारण जनताहरु भने थप समस्यामा पनि रहेको अवस्थामा छ । लामो समयको लकडाउनेले गर्दा बिभिन्न पेशामा रहेका जनताहरु अहिले ठुलो समस्यामा परेको बताउँदै आइरहेका छन् ।
यता दैनिक उपभोग्य सामान लगाएत अन्य आवश्यक वस्तुहरुलाई पनि उचित समय तोकेर संञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यलय उदयपुरले जनाएको छ । दैनिक उपभोग्य खाद्यवस्त, मासु तथा आवश्यक सामाग्री र दुध जन्य पदार्थहरुलाई समय तोकी संञ्चालन गर्न प्रशासनले अनुरोध गरेका छन् । खाद्यन्न व्यापारहरुलाई दैनिक ११ बजे देखि २ बजे सम्म र मासु तथा दुधजन्य पदार्थलाई बिहान ९ बजे सम्म खोल्न प्रशासनले समय तोकिदिएको छ ।
फोटोफिचर

