
पूर्णपुष्टि, असार २२
मोरङमा खाल्डोमा जमेको पानीमा डुबी एक बालकको ज्यान गएको छ । सुनबर्षी नगरपालिका–९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजबंशीको ५ वर्षीय छोरा उमङ्ग राजबंशीको ज्यान गएको हो ।
हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा उक्त पानीको खाल्डोमा परी डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
