Monday, May 11News That Matters

खैरोहिरोईनसहित ३ जना पक्राउ

झापा, असार ८

झापाको कमलबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली, २३ बर्षिय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० बर्षिय दिपेश थापा रहेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब ५ बजे मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, नगद ६ हजार, २ थान मोवाईल र उनीहरुले प्रयोग गरेको २ वटा पल्सर मोटरसाईकल बरामद गरि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।