
झापा, साउन २९ गते ।
झापाको माईखोलमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षीमा नगरपालिका –१० को माईखोलामा डुबेर सपन चौधरीको मृत्यु भएको हो ।
बिहान पौने ११ बजे माईखोलाको पुलदेखी करिब १ किलोमीटर दक्षिण तर्फ पानीमा तैरीरहेको अवस्थामा ५५ वर्षीय चौधरी मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी थप अनुसधान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
