
उदयपुर, असार ४ गते ।
उदयपुरको बनाल खोलामा डुबेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सिराहा घर भई उदयपुरको गढी गाउँपालिका–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गा बहादुर खड्काको १३ बर्षीया छोरी नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको हो ।
हिजो दिउँसो साँढे ४ बजे घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।
