Tuesday, April 21News That Matters

खोलाले बगाएका एक वृद्धको मृत्यु

पुर्णपुष्टि,आश्विन १

चौदण्डीगढी नगरपालिका–७ ढप्पर स्थित माटेखारी खोलामा हिजो आएको बाढीले बगाएर वेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । बेलका नगरपालिका वडा नं. ५ मैनीका ५७ वर्षीय चुमानसिंह मगरको शव आज विहान ८ बजे मृत अवस्थामा फेला परेको हो ।

खोजतलासको क्रममा मगरको शव लगभग ३ किलो मिटर तल भुल्के स्थित खोला किनारमा भेटिएको प्रहरिले जनाएको छ । मगर आफ्ना एक दाजुसंग चौदण्डीगढी नगरपालिका वडा नं. ८ स्थित वाईतुङमा रहेका आफन्तहरुलाई भेट्नको लागि जाँदै गर्दा खोला तर्नेक्रममा मगरलाई बगाएको प्रहरिले जनाएका छ ।

मगरलाई रातभरी  खोजतलास गर्दा फेला नपरेको र आज विहान स्थानीयको सहयोगमा मृत अवस्थामा भेटिएका जनाइएको छ । मृतकको शवलाई परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार पठाएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।