Friday, May 22News That Matters

खोलाले बगाएर एकै घरका ४ जनाको मृत्यु

पूर्णपुष्टि, साउन ३२

कालीकोटमा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

माइत जान हिँडेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–९ तानकोटकी ३३ वर्षीया देवा बोहोरा, उहाँकी १४ वर्षीया छोरी विपना, सात वर्षीय छोरा हेमन्त र एक वर्षीया छोरी आकृतिको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार खोलाले बगाएका उनीहरुको शव आइतबार फेला परेको जनाईएको छ । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जङ्घार तर्दा उनीहरु बगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।