
ईलाम, कात्तिक ८ गते ।
ईलामको सोयाङमा पकाईरहेको खोलेमा डुबेर एक नाबालकको मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–५ सोयाङ निबासी प्रेमबहादुर राउतको छोरा १ वर्ष ५ महिनाको मदिप राउतको मृत्यु भएको हो ।
खेल्ने क्रममा गाईको लागि पकाएको खोलेमा एक्कासी डुबेर बुधबार दिउँसो साढे २ बजे घाईते भएको थियो । विराटनगरको म्याक्स अस्पतालमा घाईते नाबालकको उपचारको क्रममा विहिबार विहान साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
