Monday, May 11News That Matters

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ८

गण्डकी प्रदेशमा  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुगेको छ ।

नयाँ थपिनेमा स्याङ्जाका १२ जना र  नवलपरासी पूूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीकाका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन्  ।  यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कुल संक्रमित मध्ये उपचारपछि ५५ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।