
पूर्णपुष्टि, असार १३
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका १÷१ जनामा संक्रमण देखिएको हो । त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
