Friday, May 8News That Matters

गरगहना चोरीको आरोपमा एक भारतीय पक्राउ

झपा/कात्र्तिक १४ 

ठुलो परिणमको सुन र चाँदी चोरी गरेको आरोपमा झपाबाट एक भारितीय समातिएको छ । भारतको सिलिगुडी घर भएका ४३ बर्षिय रघुबर प्रसाद शाहालाई प्रहरीले गरगहना सहित पक्राउ गरेको हो ।

झापको कमल गाउँपालिका स्थाइ घर भई हाल वितामोड नगरपालिका ५ मा डेरा गरि बसेकी ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा दिउँसोको समयमा कोहि नभएको अवस्थामा चोरी भएको जानकारी आए लगत्तै  इलाका प्रहरी कार्यलय आनारमनीको टोली त्यस तर्फ खटिएका थिए । प्रहरीले चोरी भएको आसपासमा सिसि क्यामेराको फुटेज हेर्दा चोरी गरी फर्किदै गरेको अवस्थामा देखी चोरी गर्ने शाहालाई प्रहरीले खोज तलासी सुरु गरेको थियो ।

खोजीको क्रममा शाहलाई बितामोर्ड ५ बाट नियन्त्रणमा लिइएको  थियो । WB 74 AM 2724 नम्वरको शाहाले प्रयोग गरेको भारतीय गाडीमा खानतलासी गर्दा लाखौँ मुल्य बराबरको गरगहना सँगै नेपाली ३८ हजार र भारतीय १३ हजार सात सयसमेत फेला परेको इलाका प्रहरी कार्यलय आनारमनीले जनाएको छ । शाहालाई थप अनुसन्धान गरी आवश्यक कार्वाही अगाडी बढाउने प्रदेश प्रहरीले जनाएको छ ।