Monday, June 29News That Matters

गाँजासहित २ जना पक्राउ

ईलाम, भदौ ९

ईलाममा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजासहित माङसेबुङ गाउँपालिका–५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु पक्राउ परेका हुन् ।

प्रहरी चौकी पेल्टीमारीबाट खटेको प्रहरी टोलीले हिजो दिऊसो २ केजी गाँजा सहित राई र लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।