Tuesday, June 2News That Matters

गाइघाटमा ठूलो संख्यामा सवारी नियन्त्रण

पूर्णपुष्टि, जेठ १८ ।

लकडाउनको बढ्दो उलंघन पछि आज जिल्ला प्रहरी कार्यालय उदयपुरले आज १ सय ५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

अन्य दिनको तुलनामा आज बढि तैनाथ देखिएको प्रहरीले ७७ वटा मोटरसाईकल तथा स्कुटी, कार १ र ट्याक्टर १ वटा नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै २६ वटा सवारी साधनको चावी नियन्त्रणमा लिएको छ ।

देशमा कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा सवारीसाधनसहित लकडाउन उलंघन गर्ने बढेको पाइएकाले सवारी र मानिससमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।

पछिल्लो समय कोरोनाको सन्त्रास जिल्लामा सामान्य बन्दै गएपछि सवारीको चाँप र मानवीय गतिविधि तथा भिड बढ्दै गएको थियो । उदयपुरमा कोरोना संक्रमित दुईसाता यता नथपिए पनि देशको विभिन्न जिल्लामा ठूलो मात्रामा बढिरहेको छ ।