पूर्णपुष्टि, मंसिर २६
त्रियुगा नगरपालिका १२ बोटेटोलमा आगलागी भएको छ । दिउँसोको समयमा कोही नभएको घरमा एक्कासी आगलागी भएको हो । आगो निभाउन आएका प्रहरी र स्थानीयहरुका अनुसार बिधुत सर्ट भई आग्लागी भएको जनाईएको छ । आगलागी बोटेटोल निवासी दुखिया साहको घरमा भएको हो । साह श्रीमती सँग बिहेमा खान घर बाहिर गएको जनाएको छ । १८ बर्षिया छोरी अर्चना पनि विद्यालय गएकी थिईन् ।
उनिलाई स्कुलमै घर आगलागी भएको बारे फोन आएपछि घर पुगेकी थिईन् । ३ कोठा रहेको साहको घरमा एउटा पुरै कोठा र अर्को एकमा सामान्य क्षती भएको छ । अर्को एक कोठा भने सुरक्षित छ । घरको महत्वपूर्ण सामान र धेरै सामनहरु राखिएको कोठा भने जलेर ध्वस्त भएको छ । उक्त कोठमा पैसा, सुन जस्ता सामानहरु समेत राखिएको थियो । आगलागीले शाहको घरमा भएको एउटा ३२ इन्ची टीभी, दुईटा बेड, २ ओटा पंखा, एउटा स्टिल दराज र लुगाहरु सहित छाना समेत ध्वस्त भएको छ । स्थानीयहरुले आगलागी बारे प्रहरीलाई खबर गरेपछि घटना स्थल पुगरे आगो नियन्त्रण लिएको थियो । समयमै नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर दमकलबाट आगो निभाउने कार्यले अन्य धेरै क्षती भने हुन सकेन् । स्थानीय र प्रहरीले आगलागी बाट अन्य कोठाको सामाहरु सुरक्षित स्थानमा सारेका थिए । किचेन र अन्य दुईओटा कोठाको भने सामानहरु बाहिर सारेर सुरक्षित गरिएको छ । प्रहरीका अनुसार आगलागी बाट अनुमानित ३ लाख बरावरको क्षती पुगेको र अहिले आगोलाइ पुर्ण रुपमा नियन्त्रणमा लिईसको पनि प्रहरीले जनाएको छ ।

