Tuesday, July 7News That Matters

गाईघाटको राधा कृष्ण मन्दिरमा राखिएको दान पेटि चोरी

पूर्णपुष्टि, पुष १४ । उदयपुरको गाईघाट त्रियुगा नगरपालिका–१०,मा अवस्थित राधा कृष्ण मन्दिरबाट दान पेटिका चोरी भएको छ । गएको बंलवार दिउसोको २ बजे अज्ञात समूहले दान पेटिका तोडफेड गरि चोरि गरेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्याललको २०० मिटर तल्लो भेगमा दिनदाहाडै यस्तो घट्ना घट्नु आफैमा दुःखद कुरा रहेको बताए ।

पछिल्लो समयमा एक पछि अर्को चोरीको घट्ना मौलाउदै गएको भन्दै यसको लागि समन्धित निकायहरुले ध्यानार्कषण गर्नपुने आचार्य बताएछन् । यस अघि त्रियुगा नगरपालिका ११ शुभशान्ति टोलका स्थानीय आशिष खड्काको घर चोरी हुँदा १५ तोला सुन, १५० तोला चाँदी साथै १ लाख पचास हजार सहित चोरी भएको थियो ।