
पूर्णपुष्टि, साउन २९
उदयपुरको सदरमुकाम गाईघाटमा रमेश शाहले संचालन गरेको कपडा पसल चोरी भएको छ ।
त्रियुगा नगरपालिका–११ गाईघाटको रुमन मिनिमार्केट भित्र शाहले संचालन गरेको पसल गतराती करिब १२ बजे चोरी भएको प्रहरीले जनाएको छ ।
शाहको पसलबाट करिब एक लाख ५० हजार बराबरको कपडा चोरी भएको प्रहरीले जनाएको छ । पसल चोरी गर्ने चोरको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
