form]पूर्णपुष्टि, पुष १०
गाईघाट देखी दिक्तेल तर्फ गैरहेको वस वुईपामा दुर्घटना भएको छ । आईतबार भएको उक्त दुर्घटनामा गर्भवती महिला सहित ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते हुनेहरुमा बुईपा खिरीका २९ बर्षिय बिरेन्द्र घिमिरे, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका गर्भवती समेत रहेकी १६ बर्षिया रेनुका भुजेल, बुईपा कट्टीका दिलकुमारी श्रेष्ठ, ऐसेलु खर्क गाउँपालिका २ खार्पाका २० बर्षिय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ बिजयीखर्ककी ७३ बर्षिया आईते सार्की र सुस्मीता ढुंगाना घाईते भएको प्रहरीले जनाएको छ ।
प्र १–०५–००१ ख ००१७ नम्वरको गाडी दिक्तेल रुपाकोड मझुवागढी नगरपालिका १४ बुईपा पर स्वास्थ्य चौकी मुनि दुर्घटना हुँदा पाँच मिटर तल खसेका थिए । घाईतेहरु मध्ये बिरेन्द्रको अवस्था भने घम्भिर रहेको प्रहरीको भनाई छ । बिरेन्द्र, दिलकुमारी र रेनुकालाई भने थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ पुराईएको छ । अन्य सामान्य घाईतेहरुलाई भने बुईपा स्वास्थ्यचौकीमै उपचार भैरहेको छ । उक्त बस गाईघाट देखी दिक्तेल तर्फ यात्रु लिएर गैरहेका थिए । दुर्घटना पछि चालक र सहचालक दुवै फरार रहेको खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।



