Monday, May 11News That Matters

गैरूनको खाद्यन्न वितरण उदाहरणीय

पूर्णपुष्टि, चैत २८ ।

त्रियुगा नगरपालिका, ९ नम्बर वडाले आज गैरूनमा गरेको खाद्यन्न वितरण कार्य व्यवस्थापनको हिसावले प्रशंसा लायक देखियो ।

वडाले मुसहर बस्ती लगायत अन्य विपन्न वर्गका लागि गरेको खाद्यन्न वितरणमा सामाजिक दुरी कायम गरिएको थियो भने वितरणमा हातैहात गरिएन । वडाध्यक्ष धनबहादुर दनुवारले खाद्यन्नको प्याकेज टेवुलमा राखिदिए र पाउनेले उठाएर लगे । त्यहाँ, हातैहात लेनदेन गरेर फोटो खिच्ने कुरो भएन । त्यसैगरी खाद्यन्न लिन आउनेहरूका लागि एक मिटरको दुरी कायम गरेर उभिने ठाउँ बनाइएको थियो । रातोमाटोले घेरा बनाइ उभिने ठाउँ व्यवस्थित गरिएको थियो । दुरी कायम गरी घेरा बनाउन गाइघाट ०५५ एसएलसी ब्याजी ग्रुपका सदस्यहरूले सहयाेग गरेका थिए ।

अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमणबाट बच्न र कसैलाइ लागिहाले फैलन नदिन कम्तिमा एक मिटरको सामाजिक दुरी कायम गर्नु पर्ने हुन्छ । अधिकांश ठाउँमा सरकारले भनेको यो अनुशासन, व्यवहारमा उतारिएको छैन । गैरूनमा भने उदाहरणीय रूपमा दुरी कायम र खाद्यन्न लेनदेन गरेर काेराेना भाइरसकाे संक्रमणबाट बच्च गर्नुपर्ने उच्च सतर्कताका साथ गरिएकाे पाइएकाे ०५५ एसएलसी व्याजी सदस्य तथा सिद्धार्थ इन्स्याेरेन्स, गाइघाटका मेनेजर राजेन्द्र अधिकारीले बताए ।

भीडभाड गर्ने अनावश्यकरूपमा रमिते भेला भइदिने हुदा संक्रमणको जोखिम बढिरहेको छ । लेनदेन तथा राहत लिन आउनेलाइ व्यवस्थित बनाइएको भएपनि उक्त ठाउँमा पनि रमितेको संख्या भने कमी थिएन । राहत लिने भन्दा रमिते बढि भएको टिप्पणीमा वडाध्यक्ष दनुवारले गाउँमा यो समस्याकै रूपमा भइरहेको बताउनुभयो । तर, यस्ता भिडलाइ रोक्ने वडाको पहल हुने उहाँले बताउनुभयो ।