
पूर्णपुष्टि, बैशाख ११
उदयपुरको उदयपुरगढी गाउँपालिकाको बलान खोलाको दहमा डुबेर बेपत्ता भएको एक जनाको शव आज निकालिएको छ ।
सशस्त्र प्रहरी बल नं.५ गण हेक्वा उदयपुरका प्रमुख एसपी सुधिर सुवेदीको नेतृत्वमा गएको प्रदेश नं.१ क्षेत्रिय सशस्त्र प्रहरी बल नं.१ बाहिनी डिएमटी तालिम प्राप्त गोताखोर टोलीले शनिबार (आज) विहान दह भित्र अड्किएको अवस्थामा शव फेला पारी निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
माछा मार्ने क्रममा शुक्रबार दिउँसो खोलाको दहमा डुबेर बेपत्ता भएको उदयपुरगढी गाउँपालिका–७ का ४२ वर्षीय हेमबहादुर बुर्जा मगरको शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको प्रहरीले जनाएको छ ।
दह निकै गहिरो र केही वस्तुमा अड्किएकाले शुक्रबार शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।
शव आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
