Sunday, May 17News That Matters

गोरु काट्ने ६ जना पक्राउ

पूर्णपुष्टि, साउन १९

गोरु काटेको अभियोगमा कास्कीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा सोही स्थानका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटेको प्राप्त सूचनाका आधारमा ६ जनालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने  म्याद लिइ अनुसन्धान थालिएको  छ  ।