Sunday, June 28News That Matters

ग्राहकको पहिलो रोजाईमा पर्न सफल ब्राण्ड भिभोको Y12s गाइघाटमा पनि लन्च

पूर्णपुष्टि, माघ २५

भिभोले आफ्नो नयाँ ब्राण्ड भिभोको Y12s देशभर लन्च गरिरहेको बेला गाईघाटमा पनि यसको लन्च भएको छ । नयाँ सेवा सुविधा र नयाँ बिषेशता सहित यस ब्राण्डले बजारमा आफ्नो ब्राण्डको बिश्वास दिरहेको छ ।

देशका सबै शहरहरुमा लन्च गर्दै पूर्वाञ्चलमा पनि लन्च गर्ने क्रममा गाईघाटमा यसको लन्च र अडर गरिएको छ । पुर्वाञ्चलमा गाईघाटबाट लन्च अभियान सुरु भएको हो । आईतबार गाईघाटको बिभिन्न रिटेलरहरुलाई सहभागी गराई Y12s बारे जानकारी गराउँदै कम्पनीले पूर्वाञ्चलमा पहिलो पटक गाईघाट बाट लन्च सुरु गरेको जनाएको छ । मदर कम्पनीका विश्वका टप ५ मा पर्न सफल भिभो ब्राण्ड नेपालको दोस्रो र पूर्वाञ्चलको पहिलो ब्राण्डको रुपमा स्थापित भएको छ । ग्राहकहरुले अत्यादिक रुचाएको सो ब्राण्डले बिल्कुलै नयाँ Y12s बजारमा ल्याएको हो ।

यो मोवाईल फ्रेब्रुअरी १४ बाट गाईघाट लगाएत पूर्वाञ्चलको सबै सहरहरुमा पाईने कम्पनीका पूर्वाञ्चल बजार व्यवस्थापक एरिया सेल्स मेनेजर निमेस घिमिरेले बताए ।

घिमिरेले अरु मोवाईहरु भन्दा फरक र धेरै सेवा सहित यसको लन्च भएको बताए । यस ब्राण्डले ग्राहकहरुको मध्यनजरलाई खिच्न बिभिन्न स्किम समेत ल्याएको छ । फ्रेब्रुअरी ९ देखि १३ सम्म यसको प्रि बुकिङक खुल्ला गरिने छ । १४ देखि २८ सम्म बुकिङमा सहभागीहरुलाई लक्की ड्र मार्फत ३ जनालाई Y12s मोवाईल, १०० जनालाई २५ सय डिस्काउन्ट अफर र ५०० जनालाई फ्रि स्क्रिनको व्यवस्था रहेको छ । गाईघाटमा कालिका सप्लायर्सले डिलरको जिम्मा लिएको छ । कालिका सप्लयायर्सको प्रोपाईटर सुनिल ठाकुरल मार्फत पसलहरुले अडर गर्न सकिने जनाएको छ ।

यो मोवाईल बिभिन्न मुल्य हाई, मिडल र लो मुल्यमा बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

हाल १५ देखि २० हजार सम्म मुल्यको हाराहारीमा रहेको सो मोवाईलमा ३२ जिबी मेमोरी र ३ जिबि र्याम रहेको छ । अझ यसको महत्वपूर्ण कुरा बेट्री सबै भन्दा पावर फुल रहेको कम्पनीले बताएको छ । ५ हजार एमएसको ब्याट्री जुन अन्य मोवाईलहरुमा कमै हुने कम्पनीको भनाई छ ।