Friday, May 15News That Matters

ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

मंसिर २० गते । 

जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि आजबाट एकिकृत कारोबार सुरु भएको छ । एक कार्यक्रमको साथ शुक्रबारदेखि एकीकृत कारोबार सेवा सुरु भएको हो । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलो पटक दुईवटा वाणिज्य बैंक मर्ज भएर एकिकृत कारोबार सुरु हुन थालेको हो । मर्ज हुँदा ग्लोबल आइएमईको एक सय कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।