Saturday, June 20News That Matters

घर पुगाइदिने भनी करणी गरेको अभियोगमा दुई पक्राउ

पूर्णपुष्टि, भदौ ९

घर पुगाइदिने बाहानामा करणी गरेको अभियोगमा अछामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पन्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बोहराका अनुसार उनीहरूले भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै एक बालिकामाथि बलात्कार गरेको आरोप छ ।

पीडित पक्षको जाहेरीपछि दुवै जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।