
पूर्णपुष्टि, साउन २२
घर भत्काउने क्रममा पर्खालले किचेर झापामा एक जनाको ज्यान गयो । झापा गाउँपालिका–२ झापा बजारका ३५ वर्षीय रुपेश सिंहको घरको पर्खालले किचेर ज्यान गएको हो ।
हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको बि एन्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउँसो २ बजे ज्यान गएको अस्पताले जनाएको छ । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहहरी कार्यालय झापाले जनाएको छ ।
