Thursday, May 7News That Matters

घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

लेखक : रिता गुप्ता (एमए, सोसियोेलोजी)

गर्मीमा फल्ने तरकारीहरु तपाईं गमलामा पनि फलाउन सक्नुहुन्छ । अहिलेदेखि नै तयारी गर्दा सिजन भन्दा पहिले नै आफ्नो हातबाट फलाएको बिभिन्न किसिमको तरकारी खान सक्नुहुनेछ । आफ्नो गमलामा फलाको तरकारी खानु स्वादिष्ट त हुन्छ नै आत्मसन्तुष्टि पनि पुरा हुन्छ । मेरो आफ्नो छत माथि जाडोको सिजनभरी टमाटर, लसुनको पात, धनियाको पात, पालुङेको साग, रातो साग  फलाएर खानेगर्छु । जस्को करेसाबारी छैन, उस्ले आफ्नो छत प्रयोग गर्नसक्छ ।

तपाईंको  थोरै मेहनतले आफु मनपर्ने तरकारीखेति गर्न सक्नुहुन्छ । मैले आफुले गरेको अनुभव तपाईं समक्ष प्रस्तुत गर्दैछु । गमला छैन भने सिमेन्ट्को बोरा, सानो कार्टून, एकहात गहिरो र फराकिलो फुटेको भाडा पनि प्रयोग गर्न सक्नुहुन्छ । बिउ उमार्नु अलिक गाह्रो हुने भएकोले सजिलो तरिका चाहि , एउटा प्लाष्टिकको गिलासमा माटो हाल्नुहाेस्  र त्यसमा बिउ हालेर दिनभरि घाममा छोड्नुपर्छ र त्यसपछि राति कोठामै छोड्नुपर्छ । यसले बिउ यो जाडोमा उमार्न मद्दत पुग्छ । पन्ध्रदेखि बीस दिनमा बिउ उम्रन्छ । आधा माटो र बालुवा मिसाउनुपर्छ । त्यसमा गाइगोरु, भैसि कुनै पनि जैबिक मल मिसाउनु पर्छ ।

उक्त तयार भएको माटोलाइ गमला वा कार्टून वा भाडामा भर्नुहाेस् र तेस्मा उम्रेको बिरुवालाइ बिस्तारै सार्नुहाेस् । अब तेस्मा येति पानी हाल्नुस कि तल माटोबाट पानी रसाओस् । यति भै सकेर त्यो बिरुवालाइ दुइ/तिन दिनसम्म चिसो ठाउँमा राख्नुपर्छ । सावधानी रहोस यस्तो बिरुवालाइ कहिले सिधा घाममा राख्नु हुदैन । जुन बिरुवालाइ अडिन सहायता चाहिन्छ त्यस्मा डन्ठिले अड्याउन सक्नुहुन्छ ।

अब, पन्ध्र दिनमा जब बिरुवा ठुलो हुन्छ । पिना खरि (सरल भाषामा तोरी पेलेर निस्केको पधार्थ) लाइ तिन दिनसम्म पानीमा भिजाएर बनेको झोललाइ पातलो बनाएर बिरुवामा हाल्नुपर्छ । झोल बनाउने तारिका : २० लिटर पानीमा १०० ग्राम पिना हालेर बनाउने हो। यसरी बनेको झोललाइ बिहानपख, नत्र बेलुका पख बिरुवामा लाउनुपर्छ ।

याे तरिकाले तपाइ पनि घरकाे छतमा तरकारी फलाउनुहाेस् र तपाइँको मिहिनेतले फलेको आफु मनपर्ने तरकारि आफु पनि खानुहाेस् र छिमेकिलाइ पनि खुवाउनुहाेस् ।