
भदौ ११ गते ।
संविधान दिवसको दिन नयाँ पुस्तालाई जागरण पैदा गर्ने उद्देश्यले घरघरमा राष्ट्रिय झण्डा फहराईने भएको छ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति वन पिढीलाई जागरण गर्ने उद्देश्यले संविधान दिवसमा झण्डा फहराइने भएको हो ।
नेपालको संविधान जारी भएपछि प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । दिवसको मूल समारोह समिति अन्तर्गत गठित प्रचार प्रसार उपसमितिको बुधबार बसेको बैठकले राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखीएको समितिले जनाएको छ ।
राष्टिय झण्डा र राष्ट्रियतासँगै संविधानको महत्व झल्काउनको लागि घरघरमा झण्डा राख्ने तयारी भएको समितिले जनाएको छ । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निदेर्शिका समेत परिवर्तन गरेको छ ।
२०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनादै आएको छ ।
