
झापा, असार २७
झापामा घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । दमक–८ निबासी ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको हो ।
आज दिउसो पौने २ बजे दमक–६ को एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
