Saturday, June 20News That Matters

चट्याङ लागेर उदयपुरमा २ महिलाको मृत्यु

पूर्णपुष्टि, असार २९

मंगलबार परेको बर्षा सँगैको चट्याङले उदयपुरमा २ जनाको ज्यान गएको छ । दिउँसो पानी सँगै परेको चट्याँङले लाग्दा त्रियुगा नगरपालिका ३ मुसहरी टोलकी २ महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । धान रोपि रहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाईते भएकी उनिहरुको जिल्ला हस्पिटल उदयपुरमा उपचार हुँदा हुँदै ज्यान गएको हो ।

मृत्यु हुनेमा ३९ वर्षिय ललिता सदा र ठाडी बस्ने ३० वर्षिय फुलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभएको छ ।