Friday, July 17News That Matters

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

पूर्णपुष्टि, फागुन २५ 

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र एउटा बाघको बच्चा मृत फेला परेको छ ।

निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर क्षेत्र नारायणी नदी कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा मृत भेटिएको निकुञ्जले जनाएको छ । गैँडा अर्को भाले गैँडासँग जुँधेर मरेको निकुञ्जले जनाएको छ ।

गैँडाको खाग खुर सुरक्षित छन् । योसहित यस चालू वर्ष चितव राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ ।

सरकारले चैत ९ गतेबाट गैँडा गणनम सुरू गर्दैछ ।

यस्तै निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको छ । निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा पाटे बाघको बच्चा मृत भेटिएको निकुञ्जले जनाएको छ ।

बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्ष मृत्यु भएको यो पहिलो बाघ हो ।