
पूर्णपुष्टि, फागुन २५
काठमाडौंबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित ४ जना पक्राउ परेका छन् ।
बझाङको जयपृथ्वी नगरपालिका–४ का २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय लोकेन्द्रबहादुर मल्ल, गोरखाको गोरखा नगरपालिका–२ का २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का १९ वर्षीय सुजन बस्नेत पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका–१४ बल्खुबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट एक थान चितुवाको छाला, २ थान हड्डी र ११ थान दाँत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
