Saturday, April 25News That Matters

चिर्पट प्रहार गरी हत्या गर्ने हत्यारा पक्राउ

खोटाङ, श्रावण २२

खोटाङको केपिलासगढीमा एक जनालाई चिर्पट प्रहार गरी हत्या गरेको घटनामा संलग्न भएका एक जना पक्राउ परेको छ । केपिलासगढी गाउँपालिका–१ का २७ बर्षीय राकेश राईले जबरधन राईलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

गत साउन २० गते राती पौने ९ बज स्थानीय ५६ बर्षीय जबरधनसंग सामान्य बिबाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका राकेशलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।