
मोरङ, फाल्गुन २७ गते ।
मोरङको बिराटनगरमा श्रीमानले चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । विराटनगर महानगरपालिका–१२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी श्रीमती ७० बर्षीया सगुत्री ऋषिदेवको हत्या गरेको प्रहरीले जनाएको हो ।
घरायसी बिबाद हुँदा आवेगमा आएर हिजो साँझ ५ बजे परणले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गर्दा सगुत्रीको घटनास्थमला नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शव परिक्षणको लागि कोशी अस्पताल पठाएको छ भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुस् ।
झापाको दमकबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेको छ । दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित मेघराज गौतम पक्राउ परेको हो ।
मावा खोला पुल आसपासमा हतियारसहित घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटेका प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–९ निबासी ४४ बर्षीय गौतमलाई कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हतियारसहित पक्राउ परेका गौतमलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
